
सहज मनोरञ्जन लिनका लागि महिलाहरुले पनि हस्तमैथुन गर्ने गर्छन् ।

जोखिम बिना नै यौन आनन्द लिने एक माध्यम पुरुषको जस्तै महिलाको हस्तमैथु नै हो । तर पुरुषको तुलनामा महिलाले कम हस्त मैथुन गर्ने गरको विभिन्न अनुसन्धानले देखाउँछ। तापनी अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा हप्तामा एकपटक हस्तमैथुन गर्छन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७-९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् ।
यौन रोग विशेषज्ञहरुका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । हस्तमैथुनले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
हस्तमैथुनका कैयौँ फाइदा मध्ये पहिलो कुरा यसले खुशी दिन्छ । खुशी प्राप्त गर्ने हस्तमैथुन एक सहज माध्यम भएकाले पनि महिलाहरुले यो उपाय अपनाउने गर्छन् । महिलाहरुले एकान्त वा सुनसान र कसैसँग भेटघाट नहुने वातावरण भेटाउँदा साथ हस्तमैथुन गर्ने गर्दछन् ।
महिलाहरुको सबैभन्दा बढी हस्तमैथुन गरिने स्थान हो बाथरुम । जुन उनीहरुले नुवाउँदा स्तन र योनीमा पानीको धारा पारेर आनन्द लिने गर्दछन् । त्यसश्चात् एकान्तमा, बेडरुम र सोफामा बसेर पनि बढी महिलाहरुले हस्तमैथुन गरेको सोही अध्ययनले देखाएको छ ।
हस्तमैथुन मार्फत चरमोत्कर्ष प्राप्त गरेपछि महिलाले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छन्। यी हर्मोनले मूड फ्रेस गर्न मद्धत गर्छ । हस्तमैथुन मार्फत आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । जसको कारणबाट समयमा नै निद्रा लाग्छ र स्वस्थ रहन मद्धत पुग्छ ।
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगेपछि शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ ।
नियमित हस्तमैथुन गर्नाले महिनावारीको समयमा हुने पीडा ह्रास हुने यौन रोग विशेषज्ञ बताउँछन् । हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ ।
आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
0 comments: